यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३ जेठ २०८१ ७:३६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ। आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३८ र बिक्रीदर १६८ रुपैयाँ १४ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ पैसा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *