रेसमा दुर्घटनामा परेका २२ वर्षीय साइकलिस्टको मृत्यु
एजेन्सी । खेलका क्रममा दुर्घटनामा परेका बेल्जियमका साइकलिस्टको मृत्यु भएको छ । पोल्याण्डमा जारी ‘टूर दि पोलोग्ने’को तेस्रो चरणको रेसमा दुर्घटनामा परेका बोर्ग ल्याम्ब्रेटको उपचारका क्रममा ज्यान गएको हो ।
२२ वर्षीय ल्याम्ब्रेटलाई दुर्घटनापछि तत्कालै अस्पताल पुर्याइएको थियो । उनको सोमबार निधन भएको हो । उनी बेल्जियमका उदयीमान साइकलिस्ट हुन् ।
व्यावसायिक साइकलिङ प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएका ल्याम्ब्रेटले सन् २०१७ मा यू–२३ रेसको उपाधि जितेका थिए । गएको वर्ष भएको यू–२३ विश्वकप च्याम्पियनसिपमा उनी उपविजेता भएका थिए ।
प्रतिक्रिया
Facebook Comment