व्यक्ति केन्द्रित गरेर छानबिन समिति बनाउने कुराको विरोध गरेका हौँः ईश्वर पोखरेल
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यक्ति केन्द्रित गरेर छानबिन समिति बनाउने कुरा आएकाले आफूहरुले विरोध गरेको बताएका छन्।
शनिवार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाली कांग्रेसले आफ्नो प्रस्ताव नमानेकै कारण रवि लामिछानेको विरोधमा उत्रिएको आरोप समेत लगाए। उनले समग्र सहकारी क्षेत्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचार छानबिन गर्न संसदीय छानबिन समिति बनाउन आफूहरु तयार रहेको तर व्यक्ति केन्द्रित भएकाले मात्रै विरोध गरेको धारणा राखे। पोखरेलले नयाँ राजनीतिक समिकरण कायम गरेर मुलुकमा राजनीतिक स्थायित्व दिनको लागि सकारात्मक रुपमा अगाडि जानुपर्नेमा जोड दिए।
पोखरेलले संसदको गतिरोध हटाउन राजनैतिक दलहरुबीच छलफल भईरहेको र बजेट तोकिएको मितिमा नै आउने जिकिर गरे। संविधान संसोधनको विषय आवश्यक भएपनि राजनैतिक दलहरुबीच सहमति र छलफल गरिनुपर्ने उनको भनाइ छ।
Facebook Comment