रविहरु अस्ताउने कि उदाउने?

जितेन्द्र जिसी
५ जेठ २०८१ २०:४४

दूरदराजका आम जनताको करोडौं पैसा हिनामिना हुने खबर यसरी कोभिड भन्दा बढ्ता फैलिएपछि त्यसको टुंगोमा पुगेर संलग्न सबै (ठूला,साना, मझौला,आफ्ना, पराया) सबैलाई सामुहिक कारवाही गराउँदै हिरो बन्ने अवसर सबै दलले दिएका बखत गृहमन्त्री रवि लामिछाने सदनको स्पष्टिकरणमा अल्झिने गल्ती किन गर्दैछन्?

सदनको स्पष्टिकरणले हुने के मात्रै हो भने ‘सबै उस्तै हुन, मिलेर टालटुल पारे खाए’। के भिन्न विचारको दलपनि त्यही ढल मै समाहित हुन तयार हो?

देशका सहकारी कस्ता कस्ता मानिसका हातमा छन् भन्ने त सिभिल सहकारी ठगीको दृष्टान्त नै काफी छ। त्यसैको कैफियत स्वरुप एमाले अध्यक्ष केपी ओली केवल आरोप लागेका रवि लामिछनेलाई ‘पोथिले चल्ला ढाकेझै ढाके’ को पनि बुझ्दैनौ भने रवि वा रविहरु राजनीतिबाट बहिर आउ र फेरि टिभीबाट ‘घुमाएर नाकका डाँडी भाँच्दै’ गर।

यही सहकारी विवादले गिरी बन्धु टी स्टेट कांग्रेसले बेचेको आरोप लगाए।कांग्रेस पार्टी यति संगीन आरोपमा मौन बसेको कारण बुझी नसक्नु रहस्यमय बनेकोछ।

कांग्रेस-एमाले घोटालाको पटाक्षेप गरिहँदा सत्ता मै बसेर ‘नयाँ रवि’ सदनमा बोलेर स्पष्टिकरण दिँदैमा चोखिने तर्कहीन अवधारणमा अल्झिएका छन् यो किन?

यो सरकारमा बस्नेका सहयोगी, सल्लाहकरुका सम्पत्ति खोजौं। श्रोत खोजौं। कुन औपचारिक श्रोत र कति राजस्व तिरेर बनेका छन् घर-महल वा नगद जिन्सी? के रविहरु यति दम राख्छन्?

सरकारमा बसेपछी देशमा कुन कुन माछा ठूला रहेछन् भन्ने त टिभीमा कराउँदा भन्दा बढी चिन्ने मौका भयो नै होला। आम मानिसमा के- के कुराले निराशा छाएको छ भन्ने कुरा बुझेपछि एउटा टिभी एंकर उप-प्रम बन्नु भयाे।  न भुल्ने हो भने निर्बिकल्प नयाँ शक्ति हुने अवसरबाट तपाईं र तपाईंहरु डिरेल्ड हुँदै गरेको भान भयो।

फुर्सद छ भने तपाईं आफैं बोलेका यी शब्द सम्झिनोस्- ‘गृहमन्त्री भएपछि फागुन २७ गते आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गरेको भाषण सम्झनु होस् एक पटक।
-फाइलमा कतै भेटिएन भने मन्त्रीज्यूले  ‘अपराधको अनुसन्धान र अभियोग कसैको आदेशले नभई प्रमाणले तय गर्न’  प्रहरी अधिकारीहरुलाई निर्देशन दिनु भएको थियो।

-‘कुनैपनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको व्यक्ति प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुहोस्। अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ।

– ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा हेरेर होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही हुनुपर्छ।’ उबाले चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो प्रहरी आफूले हेर्न चाहेको भन्दै उनले प्रहरीलाई देख्दा ‘बद्‍मासहरूलाई डर र आम सर्वसाधरणलाई भरोसा हुनुपर्ने” बताएको  ताजै छ।

यत्तिको स्मार्ट मन्त्री हुँदाहुँदै सडकमा  मकै पोलेर  जिबिकोपार्जन गरेका भुईँमान्छेले नजिकको सहकारीमा जम्मा गरेको सानो तीन रकम बुझ्ने रवि लामिछाने तपाईं तपाईंले कारवाही गर्न वा अरु ठूला-साना कसैसँग डराउन,  तर्सिन वा कसैको ओत या निगाहामा किन टाउको लुकाउँदै हुनुहुन्छ?

लेखक : जितेन्द्र जिसी

बिपक्षीले भनेको समितिसँग किन त्रास?  आखिर समिति बनाउने कुरामा तपाइँले सहमति पनि गर्नु भयाे। बलीको बोको बनाउँदै गरेकोमा सतर्क हुनु भएन भने मिसन ८४ को रिपोर्ट कार्डमा अहिले पोथीले झैं पोम्न खोजेकाहरुले ‘माउ बिनाको चल्लो’  बनाउन ८२ को मध्य भन्दा पर जान दिने छैनन्।

बेइमानहरु हाबी रहेको राजनीतिमा कांग्रेसलाई हेर्नोस्। कांग्रेसको मतले शासनमा  पुगेका प्रचण्डले कसरी ‘माखो फाले झैं’ कांग्रेस फालेर तपाइँलाई सत्तामा पुर्‍याए, ताजै छ।

दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेपछि  ‘कानुनी राज्यको स्थापनामा निर्वाह गर्दा कसैको आदेश कुर्नुपर्दैन, भन्दै  ‘कुनैपनि राजनीतिक दल प्रभावशाली होस्, गैरकानुनी आदेश मान्नु पर्दैन। कानुनले जे भन्छ त्यही हुन्छ  भन्नु भएकै छ। दबाब र प्रभावमा नपरी काम गर्न, आग्रह गरी सक्नु’ भनेकोमात्र हो कि ब्यबहारमापनि यही हुन्छ रविजी?

‘मेरो सुरक्षामा चिन्तित हैन। मान्छे व्यवसायमा बढी चिन्तित हौ भन्ने चाहन्छु। गैरकानुनी गतिविधिलाई सामान्य ढंगले होइन, असामान्य ढंगले नियन्त्रण र निगरानीगर्ने जिम्मेवारी हाम्रो सामु छ,’  निराशाबाहेक केही छैन भन्ने भाष्य तयार भएको छ भन्नु भएको सम्झिनुस्।  यो मौका फेरि तपाईं कै हातमा नआउला।

गल्ती छ भने पनि पैसा फिर्ता गर्नोस् किनकि बालुवाटारको जग्गा फिर्ता गरी कारवाहीबाट  विष्णु पौडेलहरु चोखिँदा रविहरु जुठिनु पर्ने कुन कानुन हो? नैतिकता हराएकाहरुको भिडमा रवि नयाँ हुने कि त्यतै बिलाउने? त्यो केवल रवि र रविहरुकोच्वाईस हो।

छनबिन समिति बने सरकार ढल्छ भन्ने एमाले नेता विष्णु रिजालको तर्कबाटै स्पस्ट बुझिन्छ कि सहकारी घोटलामा रवि मोहरा हुन्, उनी जोगाउने शीर्षकमा खास दोषीहरु पर्दाफास हुनबाट लुकाउँदै  सुनपानी छर्किने कार्य  त हुँदैन?

वर्क परमिट बिना नेपालमा काम गरेको, २ पासपोर्ट प्रयोग गरेको, आम सञ्चार माध्यमबाट उत्तेजना फैलाउँदै नाकको डाँडी भाँच्ने जस्ता अमर्यादित शब्द बेलगाम प्रयोग गर्दै नकारात्मक सन्देश प्रवाहित गरेको,  दुरुत्साहनको मुद्दा मा १-२ लाखको भिड हटाउँदै डिपोट गर्नुपर्ने थियो (यदि ती आरोप सही थिए भने)।

त्यति बेलाको झिल्को निभाउन न सकेर अब राँको बनी सकेको ब्यक्ति र पार्टीलाई कुनै मुद्दामा निस्तेज गरेर निउभाउन सकिन्न। बल्न देउ र जल्न तयार होउ। र देशमा हरेक गलत गतिबिधि, चाहे नेता-कर्मचारी वा अबैध धन्दा चलाउने तर कर तिर्नेहरुपनि कानुनको कडाईले डाम्नु पर्छ।
होइन भने अब खाँबो चिथोरेर क्षति रविहरु को के नै बिग्रिन्छ होला? सबैले सोचौं।

बेस्ट टाइम अहेड

मिडियाबाजीमा सुनिँदै थिए २०४६ पछिका सबै अनुसन्धान गर्ने।  रवि गर्छन् वा अर्को रवि जन्मिनु पर्छ वा यो  व्यवस्थानै परिमार्जित हुनुपर्ने हो?  केही त अब हुनैपर्छ।

खोजौं सबैका सबै खोजौं।सबैभन्दा पहिला यही सरकारबाट सुरु गरौं। यो सरकारमा बस्नेका सहयोगी, सल्लाहकरुहरुका सम्पत्ति खोजौं श्रोत खोजौं। कुन औपचारिक श्रोत र कति राजस्व तिरेर बनेका छन् घर-महल वा नगद जिन्सी?

के रविहरु यति दम राख्छन्र? सल्लहकार र सहयोगी के कस्ता हर्कतमा संलग्न छन् त पछिला सरकारमा संलग्न मानिसहरुबाट नजिर झिकौं। अनि सबै पार्टीका विभिन्न ओहोदाका सो कल्ड नेता (करीब ४० लाख प्लस)  हरुको आय, सम्पत्ति र श्रोत तपाईं नै खोज्ने कि अर्को शक्ति पर्खिने र तमासा अझै हेर्ने?

हुन त मन्त्री नै सम्पत्ति सार्वजनिक न गर्नेको भिडमा अन्यको खोजी सायद अब हुने परिमार्जित शासकीय पद्धतिले गर्ने नै होला। किन कि यथास्थितिमा यो ब्यबस्थाबाट विश्व स्तरीय नेपाल बन्न सक्दैन।

देशमा औपचारिक बाटोबाट रुपैयाँ न कमाएका नब धनाढ्य र जोगिने, चोखिने सुनपानी राजनीति हुँदै गर्ने हो?  होइन भने दोषी देखिएका जति सबैलाई सबैले चिन्ने, स्थानमा स्थापित गरौं, चिनौं, थुकौं र कतिलाई पुजौं।

मन परेको एउटा तरिका हेरौं-

अमेरिकाको न्यूयोर्कस्थित नकाउ काउण्टीको एउटा कन्भिनियन्ट स्टोरले आफ्नो सिसिटिभी निकालेर आफ्नो वालमा केही ग्राहकका तस्विर टाँसेको थियो। सप लिफ्टिङबाट आजित उक्त स्टोरले के नतिजा पायो थाहा भएन।

त्यसबाट हाम्रो सिंहदरवारको बाह्य घेरा रंगीन बनाउन हामीले किन नसिक्ने ?

सिंहदरवार भित्र प्रधानमन्त्री,  मन्त्री सचिवका तस्बिर लहरै छन् ।कति राम्रा राम्रा तस्विर। त्यहाँ बसेर देश र जनहित भन्दा निहीत स्वार्थका निम्ति देशको अधोगती गराउने, भ्रष्टाचार गर्ने, भुईंमै जिबिको पार्जन गरी रहेका जनाताको मिहिनेतबाट आर्जित र संकलित पैसा ठग्ने, ठग, तस्कर, भ्रस्टहरुका रंगीन तस्विर सिंहदरवारको बाहिरी घेरामामा टाँस्न पाउने कि न पाउने?

सिधा कुरा जनाताले ती ठगहरुका अनुहार सिंहदरवार कै क्षेत्रमा देख्न पाउनुपर्छ। तस्विर भित्र झुण्ड्याउने कि बाहिर टाँस्ने सबै ‘ठूला’हरुलाई सोध्न पाउँ

महाभारत भन्छ
अग्नौ गुणः सुवर्णस्य संशुद्ध्यन्ते,
संस्कारेषु संशुद्ध्यन्ते गुणाः प्रियाः।
तथा हि मनुष्येषु संकटेषु संशुद्ध्यन्ते,
गुणाः प्रियाः संशुद्ध्यन्ते संकटेषु।

सुन झैं शुद्ध हुने कि भाग्ने रोज्ने समय हो, अस्ताउने कि उदाइरहने रवि?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *