गत हप्ताको ठूलो विनाशपछि अफगानिस्तानको अर्को क्षेत्रमा बाढी, ५० जनाको मृत्यु

डिसी नेपाल
६ जेठ २०८१ १४:५९

काठमाडौं । अफगानिस्तानको अर्को क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्।

भारी वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।

अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *