उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई विश्वासको मत लिने प्रक्रियामा सामेल नगर्न निवेदन
काठमाडौं। नयाँ दल जसपा बनाएका ७ सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सामेल नगराउन उपेन्द्र यादवले सभामुखलाई निवेदन दिएका छन्।
जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई दलीय प्रावधान विपरित प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यमा सहभागी नगराउन निवेदन दिएका हुन्।
हाल सर्वोच्च अदालतले नयाँ दल जसपाबारे निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्नअन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानूनमा नभएको व्यवस्था प्रयोग गरेर दल दर्ता गरिएको उल्लेख गरेका छन्।
साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेश अनुसार पनि उनीहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिबिधिमा सामेल नगराउन ध्यानाकर्षण समेत गराएका छन्।
Facebook Comment