बागलुङमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी (पुष्पलाल)लोकमार्ग अवरुद्ध बनेको छ। पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ।
लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । “हटियाबाट डोजर आउँदैछ, डेढ/दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ”, उनले भने । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन्।
उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पुर्याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ। त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ। रासस
प्रतिक्रिया
Facebook Comment