‘हजार जुनीसम्म’डेब्यू सिक्किमेली ठिटोको हलिउड सपना

डिसी नेपाल
२१ साउन २०७६ १४:००

काठमाडौं । अखिलेश प्रधान, नेपाली सिनेमाका लागि बिल्कुलै नयाँ अनुहार हुन्। यही साउन ३० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हजार जुनीसम्म’ उनको डेब्यू सिनेमा हो।

अखिलेश सिक्किमका स्थायी बासिन्दा हुन्। हाल दिल्लीमा बसेर अध्ययनलाई अगाडी बढाईरहेका छन्।

५/६ वर्ष अगाडी पारिवारिक घुमघामको शिलशिलामा पहिलोपटक काठमाडौं आएका थिए, उनि। त्यसपछि सिनेमा सुटिङको समयमा। अनि केही दिनअघि तेस्रो पटक सिनेमा प्रचार–प्रसारका लागि काठमाडौं आए।

‘काठमाडौं बसाई अत्यन्तै रमाईलो लागिरहेको छ। यहाँ सबैजना अत्यन्तै मिलनसार हुनुहुँदोरहेछ’– काठमाडौं बसाईबारेको जिज्ञासामा उनले भने। काठमाडौं भने उनलाई विकसित तर प्रदूषित लाग्यो रे! भने,–‘जति विकसित छ, प्रदूषण पनि उत्तिकै रहेछ।’

‘मिष्टर सिक्किम म्यानहन्ट’ले जोडेको सिनेमा साईनो

सन् २०१८ मा सिक्किममा ‘मिष्टर सिक्किम म्यानहन्ट’ प्रतियोगीता गरिएको थियो। त्यसमा सहभागी थिए, अखिलेश। प्रतियोगीतमा उनि प्रथम रनरअप भए। सो क्रममा फोटोशुट गरेका थिए, उनले। उनि भन्छन् –‘त्यही फोटोले नेपाली सिनेमासंग जोड्यो।’

विकासराज आचार्यलाई सिनेमामा नयाँ कलाकार भित्र्याउने निर्देशकका रुपमा चिनिन्छ। त्यसमाथी ‘हजार जुनीसम्म’ सिक्किममै छायांकन हुने सिनेमा। सिक्किममै छायांकन हुने भएपछि त्यहीको प्रतिनिधित्व हुने कलाकारको खोजीमा थिए, विकासराज। त्यतिकैमा कताकताबाट अखिलेशको फोटो विकाससामु आईपुग्यो।

विकासराज आचार्यलाई सिनेमामा नयाँ कलाकार भित्र्याउने निर्देशकका रुपमा चिनिन्छ्। त्यसमाथी ‘हजार जुनीसम्म’ सिक्किममै छायांकन हुने सिनेमा। सिक्किममै छायांकन हुने भएपछि त्यहीको प्रतिनिधित्व हुने कलाकारको खोजीमा थिए, विकासराज।

त्यतिकैमा कताकताबाट अखिलेशको फोटो विकाससामु आईपुग्यो।

अखिलेश भन्छन् –‘म दिल्लीमा बसेर पढिरहेको थिए। उहाँले फोटो हेरेपछि मलाई काठमाडौं बोलाउनुभयो।’ उनि परिवारसंग सल्लाह लिए। काठमाडौं आए। विकासराजलाई भेटे। सिनेमा खेल्ने पक्का भयो। एक महिना वर्कशप भयो। त्यसपछि सिनेमा छायाँकन।

‘छायांकनमा गाह्रो होला भन्ने सोँचेको थिए। तर सबैले धेरै सहयोग गर्नुभयो। त्यसैले त्यति गाह्रो फिल भएन्’–उनि छायांकन अनुभव सुनाउँछन्। डाइलग डेलिभरीमा भने केही गाह्रो भएको उनले बताए।

सिनेमा प्रदर्शन मिति नजिकिदै जाँदा उनि उत्साहित देखिन्छन्। ‘अब मेरो काम देखिने बेला आएको छ। मैले आफ्नो तर्फबाट बेष्ट दिएको छु। अबको प्रतिक्षा भनेको दर्शक प्रतिक्रियाको हो। आशा छ सिनेमालाई दर्शकले मन पराउनुहुनेछ ।’–उनि सकारात्मक सुनिन्छन्।

हलिउड सपना
सिक्किममा नेपाली सिनेमा प्रदर्शन हुन्छन्। तर, अखिलेश कमै मात्र सिनेमा हेर्थै। बाल्यकालमा उनलाई कहिल्यै लाग्दैनथ्यो की सिनेमा क्षेत्रमा लाग्छु । बरु खेलप्रति उनको तिव्र रुचि थियो। उनि भन्छन् –‘अहिलेपनि क्रिकेट, फुटवल, टेवल टेनिष लगायतका खेल खेलिरहेको हुन्छु।’

सिनेमा खेल्ने रुचि नभएपनि मोडलिङमा रुचि राख्थे। त्यसैले ‘मिष्टर सिक्किम म्यानहन्ट’मा सहभागी भएका थिए। त्यहि प्रतियोगीताले उनलाई ‘अनायासै’ नेपाली सिनेमासंग साईनो गाँस्ने अवसर दिलायो। पहिले नेपाली सिनेमाका बारेमा केही नबुझेका उनले अहिले धेरथोर बुझेका छन्।

उनलाई लाग्छ, पछिल्लो समय नेपाली सिनेमाको विकास भईरहेको छ। नेपाली सिनेमाहरु अन्तर्राष्टिय स्तरसम्म पुग्न थालेका छन्। राम्रो सिनेमाको अफर आए आफू अरु नेपाली सिनेमा खेल्न चाहेको सुनाउँछन्।

उनको ‘ड्रिम’ भनेको हलिउड सिनेमामा पुग्नु छ। ‘मेरो ड्रिम भनेको हलिउडतिर जाने छ । त्यसका लागि दिल्लीमा बसेर पढाइसंगै अभिनय, डान्स क्लास लिईरहेको छु’ –अन्त्यमा उनी भन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *