रविको घोषणा
महिला ट्राफिक प्रहरीलाई महिनावारीको समयमा बिदा, मापसे गर्नेलाई ट्राफिक व्यवस्थापनमा खटाइने
काठमाडौं। गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा महिला ट्राफिक प्रहरीलाई ड्युटी गर्नु नपर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन्।
आज १६ औं गाणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले महिला प्रहरी कर्मचारीलाई महिनावारीको समयमा बिदा दिइने जानकारी गराएका हुन्।
यस्तै उनले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिक व्यवस्थापन लगाउने समेत व्यवस्था लागू गरिने घोषणा पनि गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसुबुकमा लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’
प्रतिक्रिया
Facebook Comment