कार्यदलको बैठकः कार्यादेशबारे चार बुँदे सहमति

डिसी नेपाल
१५ जेठ २०८१ १३:५०

काठमाडौं। सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ।

मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाएको छ । अहिले कार्यदलले प्रधानमन्त्री दाहाललाई सहमति बुझाउन लैजाँदै छ।

कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *