कान्तिपुर फिल्म एकेडेमीले चलचित्र बनाउने, यी हुनेछन् कलाकार

डिसी नेपाल
२१ साउन २०७६ १५:३०

काठमाडौं। लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले चलचित्र निर्माण गर्ने भएको छ। राजधानीमा एक कार्यक्रमबीच एकेडेमीको निर्माण रहने चलचित्र ‘म’को औपचारिक निर्माण घोषणा गरिएको छ। चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन्। उनले यो डेब्यू निर्देशन रहनेछ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेको कथामा आधारित भएर बन्ने चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ। चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गुरुङ, अनिल कँडेल, संजोग रसाइली लगायतका कलाकारहरुको अभिनय रहनेछ। त्यस्तै उनभ श्रेष्ठ र सम्पन्न ढकालले बाल कलाकारको रुपमा अभिनय गर्नेछन्।

सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो। विजय लामा र सरिता लामिछाने बाहेक यो चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन्। तेन्जिन पाल्देनले चलचित्र खिच्ने जिम्मेवारी पाएका छन्। उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन्।

‘म’ मा जितेन लेप्चाको गीत रहनेछ। चलचित्रमा कवितामाथि पनि संगीत भरिने बताइएको छ। सम्भवतः नेपाली चलचित्रमा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो। वरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भूषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन्। चलचित्रको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन्। चलचित्रका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले चलचित्र निर्माण गर्न लागेको बताए।

चलचित्र ‘म’लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई छ। अभिनेत्रीद्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको चलचित्रमा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *