हङकङको अदालतमा प्रजातन्त्र समर्थक १४ कार्यकर्ता दोषी ठहर
काठमाडौं । हङकङको अदालतले बिहीबार १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानुनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।
दोषी ठहर भएकाहरूमा पूर्व सांसदहरू लेउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान रहेका छन् । यो मुद्दा सरकारले छानेको तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो। यी न्यायाधीशहरूको प्यानलले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई सफाइ दिएको छ।
यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ ।
दोषी ठहरिएका १४ जना – गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक-लोय, ग्वेनेथ हो, रेमण्ड चान, ओवेन चाउ, लाम चेउक-टिंग, लेउंग क्वोक-हंग, रिकी ओर र विनी यु हुन् ।
२०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना पनि थिए। अभियोजन पक्षले आरोप लगाएको छ कि यी व्यक्तिहरूले हङकङ सरकारलाई पतन गर्न खोजेका थिए।
सन् २०१९ मा ठूला सरकार विरोधी आन्दोलनपछि राजनीतिक प्रतिपक्षलाई दबाउन सुरक्षा ऐनलाई कसरी प्रयोग गरिँदैछ भन्ने कुरा यस घटनाले देखाएको यस मुद्दालाई नजिकबाट पछ्याउनेहरू बताउँछन्।
योसँगै चीन र हङकङका सरकारहरूले यो कानुनको सहायताले सरकारमा स्थायित्व आएको र न्यायिक स्वतन्त्रता पनि सुरक्षित भएको बताउँछन् ।
Facebook Comment