साउदीको तेल कम्पनी अरामकोले १३ अर्ब डलर बराबरको शेयर बेच्ने
काठमाडौं । साउदी अरेबियाको अरामको कम्पनीले १३ अर्ब डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अरामकोले बिहीबार भनेअनुसार उसले १३ अर्ब डलरको करिब १५० करोड शेयर बेच्ने योजना बनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै अराम्कोले सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख शेयर बिक्रीको घोषणा गरेको छ । एउटा शेयरको मूल्य २६ रियालदेखि २९ रियालसम्म हुन सक्छ ।
अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ । डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) पछि कम्पनीको यो दोस्रो सूचि हो।
कम्पनीले आईपीओको समयमा करिब २ लाख १३ हजार करोड रुपैयाँ उठाएको थियो । यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो। बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत शेयर सरकारको स्वामित्वमा थियो ।
Facebook Comment