टर्ब्युलेन्सपछि सिङ्गापुर एयरलाइन्समा उडानमा खाना खुवाउने नियम परिवर्तन
काठमाडौं । हालैको टर्ब्युलेन्सपछि सिंगापुर एयरलाइन्सले आफ्नो इन-फ्लाइट सेवा प्रोटोकलहरूमा परिवर्तन गरेको छ । बिहीबार एक मिडिया रिपोर्टमा यो जानकारी दिइएको हो। नयाँ नियमले उडान सेवा प्रभावित भई केबिन क्रूको तनाव बढ्दै गएको छ ।
द स्ट्रेट्स टाइम्सको रिपोर्टका अनुसार उडानमा सिट-बेल्ट साइन इन हुँदा खाना सेवा बन्द हुनु र केबिन चालक दलका सदस्यहरूले सिट बेल्ट लगाउनु पर्ने आवश्यकताले यात्रु र चालक दलमा ठूलो असर पारेको छ। गत मे २१ मा लण्डनबाट सिंगापुरका लागि उडेको फ्लाइट एसक्यु ३२१ को टर्ब्युलन्सका कारण एक यात्रुको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । यसपछि एयरलाइन्सले व्यापक सुरक्षा उपाय अपनाएको छ ।
यसअघि सिट बेल्ट लगाइएको अवस्थामा तातो पेय पदार्थ र सूप मात्र खान दिइँदैनथ्यो र चालक दलले आफ्नो इच्छाअनुसार सेवा जारी राख्न सक्थे। तर अहिले खाद्यान्न सेवा पूर्णरुपमा बन्द भएको छ । द स्ट्रेट्स टाइम्सका अनुसार युरोपबाट (सिङ्गापुर तर्फ) आउने उडानहरू अण्डमान सागरको एउटा भागबाट गुज्रिन्छन् जुन टर्ब्युलेन्सका लागि परिचित छ।
एक उडान परिचरले भनेअनुसार उनले सिंगापुर-भारत रुटमा भर्खरै साढे तीन घण्टाको उडानमा एक घण्टा भन्दा बढी टर्ब्युलेन्सको अनुभव गरिन् । केबिन क्रुले छोटो समयमै खाना सेवा दिनुपरेको थियो ।
उनले भनिन्, ‘केही यात्रुले सेवा नीतिमा परिवर्तन किन आवश्यक छ भन्ने बुझेका छैनन् । उथलपुथलका कारण सेवा प्रभावित भएपछि उनले उडान सेवा ‘औसतभन्दा खराब’ भएको बताइन् ।
Facebook Comment