सलमान खानमाथि आक्रमण गर्ने दोस्रो षड्यन्त्र, चारजना पक्राउ गरेको प्रहरीको दावी

डिसी नेपाल
२० जेठ २०८१ १३:५३

काठमाडौं । नवी मुम्बई प्रहरीले अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको दाबी गरेको छ ।

फेब्रुअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६-१७ जनाले पनवेलमा रेकी गरेको मुम्बई प्रहरीले जनाएको छ।

नवी मुम्बई पुलिसले शनिबार जानकारी दिएअनुसार सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षडयन्त्र रचिएको थियो र यस सम्बन्धमा गत हप्ता चार जनालाई पक्राउ गरिएको थियो।

गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेका थिए।

लरेन्स बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उपायुक्त विवेक पानसरेले भने, ‘हामीले चार जनालाई पक्राउ गरेका छौँ । आरोपितहरुले लामो समयदेखि अभिनेतामाथि आक्रमण गर्ने षड्यन्त्र गरिरहेका थिए । रेकी गर्न उनी पनवेलमा पनि बसेका थिए।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *