भारतीय लोकसभा निर्वाचनको आज मतगणना

डिसी नेपाल
२२ जेठ २०८१ ७:३१

काठमाडौं। भारतको लोकसभा निर्वाचनको मतगणना आज हुँदै छ।

आज बिहान ८ बजेदेखि मत गणना शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ। सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो। यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो। जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो।

२०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो। यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए।

चुनाव सम्पन्न भएपछि सार्बजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन्।

५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ। त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफूहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *