चन्द्रमाको अँध्यारो भागबाट २ किलोग्राम माटो लिएर चीनको चन्द्रमा ल्यान्डर पृथ्वीमा फर्किँदै

डिसी नेपाल
२४ जेठ २०८१ १४:४१

काठमाडौं । चीनले गत महिना मे ३ तारिखमा चाङ इ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ । यो जानकारी चिनियाँ अन्तरिक्ष मिसनले दिएको हो।

समाचार वेबसाइट अल जजीराका अनुसार चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल र भग्नावशेष उठाउन मेकानिकल हात स्थापना गरिएको थियो।

चीनको अन्तरिक्ष एजेन्सी नेशनल स्पेस एडमिनिस्ट्रेशनले यो नमूनाको विश्लेषण गरेर अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग प्राप्त गर्न सक्ने बताएको छ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा पनि प्रयोग गरिनेछ।

चन्द्रमाबाट माटो सङ्कलन गरेपछि चाङ इ-६ ले पहिलो पटक चन्द्रमाको दक्षिणी भागमा चिनियाँ झण्डा फहरायो। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अब आफ्नो मिसन पूरा गरेर मुन ल्यान्डर चाङ इ–६ फर्कदैछ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले चिनियाँ अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै चाङ इ–६ मंगलबार बिहान ७ः३८ मा चन्द्रमाबाट उडेको जनाएको छ । चाङ इ -६ हाल चन्द्रमाको कक्षमा प्रवेश गरेको छ। योजना अनुसार चाङ इ –६ जुन २५ मा चीनको भित्री मङ्गोलिया क्षेत्रको मरुभूमिमा अवतरण हुनेछ ।

यसलाई चीनको अहिलेसम्मकै सबैभन्दा कठिन चन्द्रमा मिसन भनिएको छ । यदि चिनियाँ चन्द्रमा ल्यान्डर जुन २५ मा पृथ्वीमा सफलतापूर्वक अवतरण गर्न सफल भयो भने यो चीनका साथै सम्पूर्ण मानव जातिको लागि ठूलो उपलब्धि हुनेछ। यसअघि गत आइतबार बिहान चाङ इ –६ ले चन्द्रमाको अँध्यारो भाग एटकेन बेसिनमा सफल अवतरण गरेको थियो ।

चन्द्रमाको यो भागमा अवतरण गर्न अन्य भागहरू भन्दा धेरै गाह्रो छ। यसको कारण यो हो कि चन्द्रमाको यो भाग अँध्यारो छ र यो उबड खाबड छ। जसका कारण सञ्चारमा कठिनाई हुने र अवतरणमा समेत कठिनाई हुने गरेको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ । चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान केन्द्र बनाउन चाहन्छ । विज्ञहरुका अनुसार चाङ इ–६ ल्यान्डरले ल्याएको नमूनाले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग दिनेछ । यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा प्रयोग गरिनेछ।

सन् २०२० मा चीनको चाङ इ–५ पनि चन्द्रमाबाट १.७ किलोग्राम नमूना लिएर फर्किएको थियो । यद्यपि, यी नमूनाहरू चन्द्रमा नजिकैको ओशनस प्रोसेलारमबाट लिइएका थिए। चीनले थप ३ वटा चन्द्र मिशनको तयारी गरिरहेको छ । यसको माध्यमबाट चन्द्रमामा पानी पत्ता लगाइनेछ र स्थायी आधार निर्माण गरिनेछ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ । जसका कारण विश्वमा फेरी अन्तरिक्ष दौड सुरु भएको छ । अमेरिकाले पनि नासाको आर्टेमिस–३ मिशनअन्तर्गत सन् २०२६ सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने प्रयास गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *