अन्नपूर्ण शिशु निकेतनमा समिति गठन
चितवन। वातावरण संरक्षणका लागि अन्नपूर्ण शिशु निकेतनमा सुरू गरिएको दिगो विकासको लक्ष्य परियोजनाअन्तर्गत विद्यार्थीहरुको समिति गठन गरिएको छ।
वातावरण संरक्षणका लागि कक्षा सुरू गरेको सो विद्यालयले विद्यार्थी स्तरको समिति गठन गरेको हो।
कार्यसमितिमा अध्यक्ष रोहित भुजेल, उपाध्यक्षमा काबिल रिजाल, सचिवमा आसिया सुनार, जीविका श्रेष्ठ, निर्देशकमा रिदम नेपाली र उपनिर्देशकहरुमा बिकेन्सा थपलिया, सिद्धान्त गुप्ता, सभ्यता बखती, किजन परियार, सुष्मा रायमाझी, रोनक ढकाल, दृष्टि शाह, आयुष अधिकारी, विराज भट्ट, सिम्रन थापा मगर चयन भएका छन्।
अन्नपूर्णले नेपालमै पहिलोपटक वातावरण संरक्षण र पृथ्वीलाई जोगाउन पाठ्यक्रम सुरू गरेको प्राचार्य संगीत पन्तले बताए। कार्यक्रममा कक्षा सञ्चालनबारे भारतबाट आएका अनुभवी प्रशिक्षकहरु अनित गुप्ता र ऋतु मल्होत्राले तालिम दिएका छन्।
Facebook Comment