मधेशका नवनियुक्त मुख्यमन्त्रीले गरे जम्बो मन्त्रिपरिषद गठन

जनकपुरधाम। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्।
मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन्।
नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन्।
गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।
मधेश प्रदेशको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन्। एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।
Facebook Comment