गौरस्थित हार्डवेयरमा आगलागी
रौतहट। रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागी बाट लाखौंको सामान जलेर नष्ट भएको छ।
गौर–५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो। रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ।
गौर(५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो।
महतो हार्डवेयर गोदाममा शुक्रवार राती पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रंग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटप–२ थान, मोटर–१६ थान ,सिपिभिसी फिटिंग ,पिभिसी फिटिंग, पल्मबिंगका सामाग्री ,सयौ थान रंग पेन्टका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ। हार्डवेयरको उक्त गोदाम संगै अर्को गोदाम , हार्डवेयर पसल र रामबाबू मोटरसाइकल वर्क सपमा समेत आंशिक क्षती पुगेको छ।
हार्डवेयर गोदाम पसलमा भएको आगलागी बाट ५० लाख बढीको क्षति भएको महतो हार्डवेयर सञ्चालक बिरेन्द्र कुशवाहाले बताएका छन्। आगोको मुस्लो हेरेर स्थानीयले हो–हल्ला गर्दा गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएको थियो।
बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट १५ लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएकी छन्।
Facebook Comment