किन अमेरिकाले इजरायललाई हवाई हमलामा पारदर्शी हुन भन्यो ?

डिसी नेपाल
२७ जेठ २०८१ १३:००

काठमाडौं । अमेरिकाले इजरायललाई गाजाको एक विद्यालयमा भएको हवाई हमलाबारे थप पारदर्शी हुन आग्रह गरेको छ ।

बिहीबार, गाजाको एक विद्यालयमा इजरायली हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले हमासको कम्पाउण्डमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाको यो दाबी हमासले अस्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, “इजरायलले २० देखि ३० हमास आतंकवादी आफ्नो निशानामा रहेको बताएको छ, तर उसले ९ आतङ्ककारीको नाम मात्रै सार्वजनिक गरेको छ। सबैको नाम सार्वजनिक गर्नुपर्छ।”

“इजरायली सेनाले सबै आतंककारीहरूको नाम सार्वजनिक गर्ने बताएको छ। हामी पनि यस मामिलामा थप जानकारीको आशा गरिरहेका छौं।”

म्याथ्यु मिलरले भने, “इजरायलले ९ हमास आतंककारीको नाम सार्वजनिक गरेको छ। उनीहरूले थप ८ आतङ्ककारीको मृत्यु भएको पुष्टि गरेका छन्। हामीले रिपोर्ट हेरेका छौँ र १४ बालबालिका मारिएका छन्। मारिएका १४ बालबालिका आतंकवादी होइनन्।”

गत हप्ता, गाजाको रफाहमा इजरायली आक्रमणमा ४५ जनाको मृत्यु भएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणका कारण ३६ हजार ४७० प्यालेस्टाइनीको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *