९१ वर्षीय अर्बपति बलात्कारको आरोपमा पक्राउ, ४० वर्षसम्म धेरै महिलाको शोषण गरेको आरोप
काठमाडौं । क्यानडाका अर्बपति फ्रान्क स्ट्रोनकमाथि बलात्कार, यौन दुर्व्यवहार र एक महिलालाई जबरजस्ती बन्धक बनाएर राखेको लगायत पाँचवटा अपराधको आरोप लागेको छ ।
स्ट्रोनकलाई यौन उत्पीडनको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । स्ट्रोनक विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रोनकलाई तत्कालका लागि रिहा गरेको छ । उनी पछि ब्राम्पटन, ओन्टारियोको अदालतमा उपस्थित हुनुपर्नेछ ।
क्यानडाको पिल क्षेत्रीय प्रहरीले एक विज्ञप्तिमा भनेको छ “९१ वर्षीया स्ट्रोनककलाई १०८० र २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ। चर्चित व्यापारीमाथि बलात्कार, यौन दुर्व्यवहार र महिलालाई जबरजस्ती बन्धक बनाएर राखेको लगायत पाँचवटा अपराधको आरोप लागेको छ ।”
पिल क्षेत्रीय प्रहरी कन्स्टेबल टेलर बेलले व्यापारीलाई एकभन्दा बढी महिलाले शोषण गरेको आरोप लागेको बताए । यद्यपी कति महिलाले यस्तो आरोप लगाएका हुन् भन्ने जानकारी भने दिएनन् । उनले यो उच्चस्तरीय मुद्दा भएको बताए ।
उनले भने ‘हाम्रो टोलीमाथि पीडितहरूलाई जोगाउने जिम्मेवारी छ। तिनीहरूको सुरक्षाको लागि हामी स्ट्रोनक विरुद्ध कति पीडितहरूले उजुरी दिएका छन् भनेर खुलासा गर्दैनौं।’ बेलले भनेअनुसार प्रहरीले स्ट्रोनकसँग सम्बन्धित कुनै जानकारी भएका वा दुर्व्यवहारको शिकार भएका अरूलाई पनि जानकारी साझा गर्न अपिल गरेको छ ।
स्ट्रोनक अस्ट्रियामा १९३२ मा जन्मिएका थिए। जब उनी ६ वर्षका हुँदा उनको देश हिटलरको नाजी सेनाले कब्जा गरेको थियो। उनको बाल्यकाल महामन्दी र दोस्रो विश्वयुद्धको समयमा बित्यो। उनले १४ वर्षको उमेरमा स्कूल छोडे। उनले स–साना काम गर्न थाले । यो अवधिमा उनले पार्टपुर्जा कम्पनीमा काम गरे । उनले छापाखानामा डाइमेकरको रूपमा काम गरे।
सन् १९५४ मा राम्रो भविष्यको खोजीमा उनी एउटा ब्रिफकेस र केही सय डलर लिएर क्यानडा गए । सन् १९५७ मा उनले आफ्नो घरको ग्यारेजमा कम्पनीको जग बसालेर अटो पार्ट्सको व्यवसाय सुरु गरे । उनको ब्यापार चल्यो ।
उनको करियरको ठूलो चरण सन् १९६९ मा आयो जब उनले म्याग्ना इलेक्ट्रोनिक्स अधिग्रहण गरे। सन् १९७३ मा उनले आफ्नो कम्पनीको नाम म्याग्ना इन्टरनेशनल राखे । हाल उनको कम्पनी ३४ देशमा फैलिएको छ ।
उनको कम्पनीमा १ लाख ७० हजार कर्मचारी कार्यरत छन् । उनको कम्पनीले हरेक वर्ष ४० अर्ब डलरको व्यापार गर्छ । उनको कम्पनीले घोडा दौडको व्यवसाय पनि गर्छ ।
फ्रान्क स्ट्रोनक एक पटक क्यानडाका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा परेका थिए। हाल उनको कुल सम्पत्ति १.५० बिलियन डलर छ। हाल उनी देशको ३१ औं धनी व्यक्ति हुन् ।
फ्र्याङ्क स्ट्रोनकले सेप्टेम्बर २०१२ ‘टीम स्ट्रोनक’ नामको दक्षिणपन्थी पार्टी बनाए । अर्को वर्ष भएको निर्वाचनमा उनको पार्टी देशको तेस्रो ठूलो दल बन्यो । यसपछि उनी २०१३ मा अस्ट्रिया गए । तर २ महिनाभित्रै उनलाई दिक्क लाग्यो । उनी फेरि क्यानडा फर्किए ।
अक्टोबर २०१८ मा फ्रान्क स्ट्रोनकले आफ्नी छोरी बेलिन्डालाई मुद्दा दायर गरे। उनले आफ्नी छोरीले कम्पनीलाई बर्बाद गर्न खोजेको आरोप लगाएका थिए । यद्यपि बेलिंडाले यसलाई अस्वीकार गरेकी थिइन् ।
Facebook Comment