जसपा नेपालको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

डिसी नेपाल
२८ जेठ २०८१ ९:५०

जनकपुर। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरको ऐतिहासिक तिरहुतिया गाँछीमा दिउँसो १ बजे जसपाको महाधिवेशनको उद्घाटन हुने भएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा नेपालका सबै राजनीतिक दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको जसपा नेपालले जनाएको छ । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापित पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र भने उद्घाटन समारोहमा उपस्थित हुने बताइएको छ ।

महाधिवेशनले जसपा नेपालको नेतृत्वसमेत चयन हुने भएको छ । पार्टी अध्यक्षमा उपेन्द्र यादवको विकल्पमा अहिले कसैले इच्छा जाहेर गरेका छैनन्। जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन भने बुधबारका लागि तोकिएको छ । जसपा नेपालको महाधिवेशनबाट अध्यक्षसहित २० जना पदाधिकारीको निर्वाचन हुनेछ ।

महाधिवेशनले एकजना अध्यक्ष, एकजना सह–अध्यक्ष, पाँचजना उपाध्यक्ष, दुईजना महासचिव, तीनजना उप–महासचिव, सातजना सचिव र एकजना कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्ने छ । सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एकरएक जना गरी सातजना रहनेछ ।

करिव दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *