हुथी विद्रोहीद्वारा संयुक्त राष्ट्रसंघका ९ जना अधिकारीहरूको अपहरण
काठमाडौं । यमनमा हुथी विद्रोहीले संयुक्त राष्ट्रसंघीय निकायसँग सम्बद्ध कम्तीमा ९ जनालाई बन्धक बनाएका छन् । बन्धकमा परेकाहरूमा संयुक्त राष्ट्र मानवअधिकार एजेन्सी, विश्व खाद्य कार्यक्रमका कर्मचारी र संयुक्त राष्ट्र संघको विशेष राजदूतको कार्यालयमा कार्यरत एक व्यक्ति रहेका छन्। यसबाहेक विद्रोहीले एक कर्मचारीकी श्रीमतीलाई पनि बन्धक बनाएका छन् ।
समाचार एजेन्सी एपीका अनुसार संयुक्त राष्ट्र एजेन्सीसँग सम्बन्धित व्यक्तिहरूले यो जानकारी दिएका हुन् । संयुक्त राष्ट्रका क्षेत्रीय अधिकारीहरूले नाम न छाप्ने सर्तमा समाचार एजेन्सीलाई कर्माचारीहरू बन्धक बनाइएको पुष्टि गरेका छन्। हाल हुथी विद्रोही वा संयुक्त राष्ट्र संघले यसबारे आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन।
अमेरिकी र अन्य देशको हवाई आक्रमणका कारण हुथी विद्रोहीहरूले आर्थिक संकटको सामना गरिरहेका छन् । यसअघि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन यमनमा हुथी विद्रोहीले ४४ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
यमनका इरान समर्थक हुथी विद्रोहीले लाल सागर र हिन्द महासागरमा अमेरिकी जहाजलाई निशाना बनाएका छन् । यसो गरेर उनीहरूले इजरायललाई गाजामा युद्ध रोक्न दबाब दिइरहेका छन्। यी आक्रमणहरूबाट बच्न नोभेम्बरदेखि विश्वभरका व्यापारिक जहाजहरू रेड सीको सट्टा अफ्रिका हुँदै गइरहेका छन्।
गत महिना, हुथी विद्रोहीहरूले रेड सागर र वरपर १०० भन्दा बढी आक्रमणहरू गरेका छन्। फेब्रुअरीमा, हुथी विद्रोहीहरूले लाल सागरमा कार्गो जहाज ग्यालेक्सी लिडर अपहरण गरेका थिए। यो जहाज टर्कीबाट भारत आउँदै थियो । हुथी विद्रोहीहरूले यसलाई इजरायली जहाज सम्झेर अपहरण गरेका थिए।
Facebook Comment