मुख्यमन्त्रीलाई विश्वास: ओली र प्रचण्डसँग बाबुरामले लिएको बदला !

डिसी नेपाल
२८ जेठ २०८१ १९:४०

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले प्रदेश सभा समक्ष राखेको विश्वासको मत सम्बन्धि प्रस्ताव पारित भएसँगै गण्डकी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धन भन्दा अलग दलहरुको सम्मिलित सरकारले निरन्तरता पाएको छ।

अन्तिम समयमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने वा नपाउने विषयमा नेकपा माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको मत निर्णायक बन्यो।

यसअघि सत्ता गठबन्धबाट मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई विश्वासको मत दिएका देवकोटाले यस पटक भने पाण्डेको पक्षमा मतदान गरे।

काँग्रेससँग २७ मत भएको अवस्थमा पाण्डेलाई सरकार जोगाउन ४ मत आवश्यक थियो। राप्रपाले पाण्डेलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर राप्रपाले समर्थनले मात्र पाण्डेलाई बहुमत पुग्ने अवस्था थिएन। राप्रपाले समर्थन गर्दा २९ पुग्यो। सरकार टिकाउन ३१ मत आवश्यक थियो। त्यसका लागि पाण्डेलाई स्वतन्त्र सांसद राजिव गुरुङ र नेपाल समाजवादीका देवकोटाले मत अनिवार्य थियो।

स्वतन्त्र सांसद मनाङेले भने यस अघि नै ३० पुर्याउने दलललाई आफूले मतदान गर्ने बताएका थिए। फण्डिन्द्रले पाण्डेलाई समर्थन गरेसँगै मनाङेले पनि पाण्डेलाई नै मतदान गर्ने अवस्था बन्यो। अन्तत् गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार जोगियो।

प्रदेशमा विपक्षी गठबन्धनको सरकार जोगाउन यति वेला नेपाल समाजवादीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई भूमिका महत्व पूर्ण देखिएको छ। आफनै निर्वाचन क्षेत्र बुझाउँदा पनि प्रचण्डको पटक पटकको घात र प्रतिघातबाट आर्जित भटराईले भने आफ्नो दलका प्रदेश सांसद देवकोटालाई पाण्डेको पक्षमा मतदान गर्न लगाएर राम्रै बदला लिएका छन्।

भलै माओवादी केन्द्रले देवकोटालाई आफ्नो दलको सांसद भएको दावी गर्दै फ्लोर क्रस गरेको बताएको छ। मतदानमा प्रतिक्षीदलहरुले गरेको नाराबाजीले पनि अव उनीमाथि माओवादी केन्द्रले कारवाही गर्ने सभामुखले उनलाई निलम्वन गर्ने र पुन यो विषय पनि अदालत जाने निश्चित जस्तै देखिएको छ।

देवकोटाले पाण्डेलाई मतदान गरेसँगै माओवादी केन्द्रले देवकोटा आफनै दलको सांसद भएको दावी गर्दै उनि माथि ह्विप उलंघन गरेको आरोप लगाउँदै कारवाही गर्ने बताएको छ। यता देवकोटा भने आफ्नो दल नेपाल समाजवादी नै भएकाले माओवादी केन्द्रको कारवाहीले अर्थ नराख्ने प्रतिक्रिया दिएका छन्।

राजनीतिक दल सम्बन्धि ऐनले एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा गइ विजयी बनि आएका सांसदहरुको एउटै संसदीय दलको संसद रहने ब्यवस्था गरेको छ। तर यो स्पष्ट ब्यवस्थाका बीच भट्टराईको आग्रहमा नै देवकोटाले पाण्डेलाई मतदान गर्नु प्रचण्ड र ओलीमाथि उनले लिएको बदलाको रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *