गीत : ‘मन्दीर बनाई पुजेको छु’

राजेन्द्रप्रसाद अर्याल
३० जेठ २०८१ १०:३६

मन्दीर बनाई पुजेको छु देशलाई प्रवासमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा

जति टाढा बस्न पुग्यो उति गाढा हुने माया
दिलभित्र रहेको छ नेपालको शीतल छाया
चिनारी भन्नु रैछ एक- ‘मातृभूमी’ पर्देशमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा

सुनाखरी, लालिगुराँस सम्झनामा फुलिराछ
सगरमाथा झलमल आँखाभरी खुलिराछ
भाषाभेष प्रिय आफ्नै जान्छु भन्छु स्वदेशमा
मुटुभरी बोकी माया जिएको छु बिदेशमा ।

गोरखा बजार
हाल-अमेरिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *