टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपुर्ति दिने

डिसी नेपाल
३० जेठ २०८१ ९:४५

काठमाडौँ । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो ।

सिंगापुर एयरलाइन्सले भनेको छ, ‘गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ । कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ ।’

गत महिना लण्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यू ३२१ मा गम्भिर टर्ब्युलेन्स भएको थियो । टर्ब्युलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।

टर्ब्युलन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ । सिंगापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *