ताप्लेजुङमा पहिराे : क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

डिसी नेपाल
३२ जेठ २०८१ १२:२७

काठमाडाैं। नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका बिभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केहि घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनिकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्ने बताए। बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका बिषयहरुमा सरकारको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *