तपाईलाई थाइराइड त भएको छैन? यसरी गर्नुहोस् पहिचान
काठमाडौं। कुनै पनि रोगको लक्षण जतिसक्दो चाँडो पहिचान गरेर स्वास्थ्यमा हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ । थाइरोइडको बढ्दो केसहरू वास्तवमै चिन्ताको विषय हो।
थाइरोइड भनेको एउटा ग्रन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यो ग्रन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो । यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरूपमा सञ्चालन गर्दछ।
यदि तपाईलाई पनि थाइराइडका लक्षणहरु बारे थाहा छैन भने तपाईले यो लेख अवश्य पढ्नुहोस । थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी हुन्छ।
थाइराइडका प्रारम्भिक लक्षणः
हात र खुट्टा काम्ने–यदि तपाईको हात र खुट्टा बारम्बार काम्ने गर्छ भने तपाईलाई थाइराइड हुने सम्भावना बढ्छ।
कमजोरी– थाइराइडको प्रारम्भिक लक्षणहरूमा कमजोरी पनि समावेश छ। यदि तपाई धेरै कमजोर वा थकित महसुस गर्नुहुन्छ भने तपाईले सावधान रहनु पर्छ।
घबराहट–यदि तपाई नर्भस महशुस गरिरहनु भएको छ भने तपाईले पक्कै पनि राम्रो डाक्टरसँग परामर्श लिनु पर्छ किनभने नर्भस महसुस हुनु पनि थाइराइडको लक्षण हुन सक्छ।
मांसपेशीको दुखाइ– थाइराइडको प्रारम्भिक लक्षणहरूमा मांसपेशीको दुखाइ पनि एक हो। कमजोरी महसुस हुनु वा मांसपेशीहरूमा दुखाइले थाइरोइडलाई संकेत गर्दछ।
तौल बढ्नु वा घट्नु – बिना कारण अचानक तौल बढ्नु वा घट्नु थाइराइडको मुख्य लक्षण हो।
चिडचिडापन– थाइराइडका लक्षणहरूमा मुड स्विङहरू पनि एक हो। अचानक तपाईको मुड परिवर्तन भइरहन्छ भने एक पटक थाइराइड चेक गराउन सक्नुहुन्छ या चिकित्सक संग सल्लाह लिन सक्नुहुनेछ ।
अत्याधिक पसिना आउनु – धेरै पसिना आउनुले पनि खतराको संकेत गर्छ। अत्याधिक मात्रामा धेरै पसिना आउछ भने तपाईलाईलाई थाइराइड भएको पनि हुन सक्छ।
निन्द्रा नपुग्नु– थाइराइडका बिरामीले राती निद्रा नलाग्ने समस्यासँग जुध्नु पर्ने हुन्छ। यदि तपाई पनि अनिद्राको समस्याबाट ग्रसित हुनुहुन्छ भने तपाईको थाइराइड हुने सम्भावना धेरै हदसम्म बढ्न सक्छ ।
हात र खुट्टा चिसो हुनु – चिसो हात र खुट्टा वा हात खुट्टा दुखाइ थाइरोइड को लक्षण हुन सक्छ।
आफ्नो मुटुको धड्कनमा ध्यान दिनुहोस्– यदि तपाईको मुटुको धड्कन अचानक बढ्यो वा घट्यो भने, तपाई अझै पनि सावधान रहनु आवश्यक छ।
यदि तपाईमा पनि यस्ता लक्षण देखिएमा तुरुन्तै राम्रो चिकित्सकको सल्लाह लिनुपर्छ ।
Facebook Comment