अमेरिकाद्वारा युक्रेनको ऊर्जा क्षेत्रका लागि विशेष प्याकेज घोषणा
काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युद्धग्रस्त युक्रेनका लागि १.५ अर्ब डलरको राहत प्याकेज घोषणा गरेकी छन् । यसको धेरैजसो युक्रेनको ऊर्जा क्षेत्रमा प्रयोग हुनेछ।
स्वीट्जरल्याण्डमा भइरहेको युक्रेन शान्ति सम्मेलनका क्रममा यो घोषणा गरिएको हो । यो युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्न प्रयोग गरिनेछ जुन रूसी आक्रमणका कारण नोक्सान भइरहेको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धका कारण देशको आधा ऊर्जा उत्पादन क्षमता नष्ट भएको बताएका छन् ।
उनले देशको ऊर्जा पूर्वाधार र सहरहरू जोगाउन जतिसक्दो चाँडो हवाई रक्षा प्रणाली उपलब्ध गराउन पश्चिमी मुलुकलाई आग्रह गरेका थिए ।
युक्रेनको पावर ग्रिडमा रुसी आक्रमणका कारण ऊर्जा उत्पादन हुन नसकेको र ऊर्जा कम्पनीहरूले लामो समयदेखि विद्युत कटौतीको घोषणा गरेका छन् ।
ह्वाइट हाउसले युएसएआईडी र स्टेट डिपार्टमेन्टबाट स्वीकृत यस राहत प्याकेजमा ५० करोड डलर ऊर्जा विकास र ३२४ मिलियन डलर ऊर्जा सम्बन्धी आपतकालीन आवश्यकताका लागि रहेको बताएको छ ।
यसबाहेक कमला ह्यारिसले ३७ करोड ९० लाख डलरको मानवीय सहायता पनि घोषणा गरेकी छन्, जुन युद्धका कारण देशभित्रै विस्थापित भएकाहरूलाई सहयोग गर्न प्रयोग गरिने छ ।
यस सहयोगबाट प्राप्त रकम खाद्यान्न, स्वास्थ्य सेवा, बास, खानेपानी र सरसफाइको व्यवस्था गर्न खर्च गरिने छ ।
Facebook Comment