मांगलिक दोष र प्रभाव (भाग दुई)

अमेरिकाबाट नेपाली राशिफल

शत्रु (छैटौं भाव)मा बसेको मंगलको प्रभाव

जुन महिलाको जन्मकुण्डलीको शत्रुभावमा मंगल बसेको छ त्यस्ता महिला पतिरहित, शत्रुमाथि विजय प्राप्त गर्ने शक्ति भएकी बाक्लो कपालराशि भएकी,

निरोगी, सत्संगति गर्नमा रुचि राख्ने, ज्ञानी हुने गर्दछे।
रिपुस्थितो भूतनयः प्रसूते नारी सनाथां हतशत्रुयक्षाम्।

प्रभूतकेशां सुजनानुरक्ताम् विद्याधिकां रोगविवर्जितां च।। ऐ. श्लो.२०८ (ज्योतिषतत्वप्रकाश)

यद्यपि, शत्रु भावमा बसेको मंगलका साथमा चन्द्रमा पनि छ भने वैधव्य योग बनाउँदछ। त्यस्तै सातौं, बाह्रौं भावमा बसेको मंगलले शत्रु र रोग दुवै बढाउने गर्दछ।

सातौं भावमा बसेको मंगलको प्रभाव

जुन स्त्रीको सातौ भावमा मंगल बसेको छ त्यसलाई वैधव्य योगयुक्त मंगली भनिन्छ। त्यस्ता स्त्रीको स्वाभाव कठोर ठूला ठूला आँखा भएकी वक्रदृष्टि वाली वैभव र धनहीन गराउँदछ। यस्तो मंगलीलाई मजेत्रे मंगली पनि भनिन्छ।

यही स्थानमा मंगल नभएर अन्य कुनै नीच ग्रहको प्रभाव छ भने त्यस्ता स्त्रीको श्रीमान खराब प्रवृत्तिको हुने गर्दछ। यदि मंगलका साथमा चन्द्रमा र शुक्र छ भने त्यस्ती स्त्री आफ्नो पति भन्दा परपुरुषसँग आशक्त रहने हुन्छे।

अस्ते स्थिते वै धरणी सुतस्तु वाल्ये प्रसूते विधवां च नारीम्।
दुष्टस्वाभावाम् विभवेन हीनाम् सुकुत्सिताङ्गी गुणवर्जितां च।। ज्योतितत्वप्रकाश ५।२०९

अष्टम स्थानमा रहेको मंगलको प्रभाव

अष्टम स्थानमा रहेको मंगलले त्यस्तो कुण्डली हुने स्त्रीलाई रोगी आत्मबल नभएकी कमजोर दुब्ली पतिको सुख नपाउने, निर्धना दुःखी, शोकाकूल हिंस्रक स्वाभावकी कान्तिविहीन बनाउँदछ। यो मंगलीलाई पनि मजेत्रे मंगली-२ भन्ने गरिन्छ।

यदि आठौं स्थानमा मंगल भएर पनि वृहस्पतियुक्त छ भने त्यस्ता स्त्रीको प्रथम गर्भ नष्ट हुन्छ। शुक्र र मंगल अष्टम स्थानमा छ भने मृत सन्तान जन्मिन्छ। यस्तो मजेत्रे-२ मंगली भएकी स्त्री चञ्चल आँखा कुटिल स्वभाव पतिवियुक्त हुन्छे। पति भए पनि मंगलको प्रभावले रोगी हुन्छ।

व्यभिचार स्वाभावले कुल इज्जत र प्रतिष्ठाको उपहास गर्ने गराउँदछ। यदि अष्टम स्थानको स्वामी सप्तम भावमा छ र सप्तमेशलाई पाप ग्रहको दृष्टि छ भने नवविवाहिता अवस्थामा नै विधवा बन्ने योग हुन्छ। अष्टम स्थानको मंगलका साथमा बुध जस्तो नपुंसक ग्रह रहेको छ भने काकबन्ध्या योग बन्दछ। शनि र सूर्य सहित मंगल आठौं स्थानमा छ भने बन्ध्या योग बन्दछ।

मृति स्थितो भूमिसुतः प्रसूते प्रभूतरोगां सुकृशां विनायाम्।
दारिद्र्य दुःखां कृतशोकमाजां हिंसाधिका कान्तिविवर्जितां च।

नवम भावमा रहेको मंगलको प्रभाव

जुन स्त्रीको जन्मकुण्डलीको नवम भावमा मंगल रहेको छ त्यस्तो मंगलले अधार्मिक कार्यमा तत्पर गराउँदछ। तर नवम भावमा रहेको चन्द्रमाले पुत्र प्रदान गर्दछ। बुधले उत्तम वस्तुको भोग गराउँदछ। वृहस्पति र शुक्रले धर्ममा वृद्धि गराउँदछ भने शनि राहु केतुले बन्ध्या योग बनाउँदछ।

धर्माश्रितो भूतनयो विधर्मा करोति नारी सुमुखां सरोगाम्।
भाग्यैर्विहीनां स्वजनै निरस्तांप्रियामिषा पानरतां सदैव।।

दशम भावमा रहेको मंगलको प्रभाव

जुन महिलाको जन्मकुण्डलीको दशम भावमा मंगल छ, त्यस्ती महिला कुकर्मी, नराम्रो भाव भएकी लाज र घिनले रहित विवेकहीन हुन्छे। दशम भावमा नै राहु या केतु छ भने बन्ध्या योग बन्दछ। त्यस्तै शनि र मंगलले पनि बन्ध्याकारक नै बनाउँदछ। तर बुध वृहस्पति र शुक्रले पतिव्रता धर्मपरायणा सौभाग्यवती बनाउँदछ।

कर्माश्रितो भूतनयः प्रसूते नारीं कुकुर्मश्रवणां कुभावाम्
हीलेन हीना नितरां विधर्मा लज्जाविहीनां मतिवर्जितां च।

एकादश भावको मंगल

एघारौं अर्थात् आय भावमा रहेको मंगलले हरेक कार्यमा सफलता प्रदान गर्दछ। यस्ता जन्मकुण्डली भएकी स्त्री शान्त स्वभाव भएकी धर्मकर्ममा अभिरुचि भएकी हुन्छे। साथै भौतिक सुख सुविधाले युक्ता ऐश्वर्यसम्पन्न हुन्छे। एकादश स्थानमा मंगलसँगै सूर्य शुक्र छ भने पुत्रप्रद हुन्छ, चन्द्रमा छ भने धनप्रद हुन्छ, बुध भए सम्पूर्ण सौभाग्यप्रद हुन्छ। वृहस्पति भएमा आयुदायक हुन्छ भने राहु केतु भए सौभाग्यदायक हुन्छ।

लाभाश्रितः सं कुरुते महीजःप्रभुतलाभां वनितां निरीहाम्।
शुभस्यभावां विविधोयचारां अम्बारतां प्रीतिपरां च धर्मे।।

द्वादश स्थानको मंगल

स्त्रीको कुण्डलीमा द्वादश स्थानमा मंगल छ भने त्यस्ती स्त्री कृतघ्न, गुणहीन, खर्चालु, निर्दयी एवं कामातुर हुन्छे। साथै मद्यपानमा रत रहने प्रीतिविहीन हुन्छे। द्वादश स्थानमा सूर्य छ भने दरिद्रता, चन्द्रमा छ भने दिवान्धता, शनि राहु केतु भए पनि अशुभ फल दिनेवाला हुन्छ। तर बुध छ भने पुत्र पौत्रादिले युक्त र सुखदायक हुन्छ।

व्ययस्थितो भूतनयः प्रसूते,नारी कृतघ्नां गुणवर्जितांगीम्।
असद्वययां पानपरां नृशंसा,सदातुरां प्रीतिविवर्जितां च।

राशिफल(जुन १६देखि ३०सम्म)

मेष राशि : चु,चे,चो,ला,लि,लु,ले,लो,अ

प्राविधिक क्षेत्रमा लगाएको लगानीबाट सामान्य प्रतिफल आउने छ। धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। तीर्थयात्राका योजनाहरु बन्नेछन्। राजनीतिक अप्ठ्यारोको सामाना गर्नु पर्ने योग देखिन्छ। विशिष्ट व्यक्तिको सहभागितामा कार्य गर्ने अवसर मिल्नेछ। कर्मप्रतिको आस्था बढ्नेछ। ग्रहको सकारात्मक प्रभावका कारण व्यापार व्यवसायमा आंशिक सफलता प्राप्तिको योग देखिन्छ। आफन्तको सहयोगमा नयाँ कार्य गर्ने अवसर पाउनुहुनेछ।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्यप्रतिको व्यस्तता बढ्नेछ। राजनीतिक तथा सामाजिक कार्यमा सहभागिताको अवसर मिल्ने छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट प्रतिफल सामान्य रहनेछ। बन्धुबान्धवको सहयोगबाट जटिल कामहरु बन्नेछन्। मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ। कार्यमा वादविवाद उत्पन्न हुनसक्छ,। सामाजिक दायित्वबोधको अनुभूति हुनेछ। दाम्पत्य जीवनमा मनोमालिन्यता बढ्नेछ। महत्वपूर्ण कार्यमा व्यबधान आउन सक्नेछ।साथीभाइको सामान्य सहयोग प्राप्त हुनेछ। अनौठो यात्राको योग खुल्नेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

विलासिताका सामग्री जोडिएला। रोजगारीको क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। कूटनीतिक कार्यमा सहभागिताको योग देखिन्छ। खानपिनमा अरुचिको सम्भावना रहनेछ। स्वास्थ्यविकारले मानसिक अशानित उत्पन्न हुनेछ। पारिवारिक सम्बन्धमा सुधारको सङ्केत देखिन्छ। कला संगीत साहित्य सृजनामा सहभागिताको अवसर जुट्नेछ। धनमान प्राप्तिमा अति श्रमको योग देखिन्छ। रङ्गमञ्चको क्षेत्रमा लगानीको अभिवृद्धि हुनेछ।

कर्कट राशि :  हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आकस्मिक यात्राको योजनाहरु बत्रेछन्। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा बाधा उत्पन्न होला। आर्थिक स्थितिमा सुुधार आउनेछ। काममा बाधा र विवाद आउनेछ। शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। अध्ययन अध्यापनमा राम्रो उन्नति हुनेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागिताको अवसर प्राप्त हुने योग देखिन्छ। मानसिक अशान्ति र तनावले मनमा खिन्नता उत्पन्न होला। राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग रहेको छ। खेल मनोरञ्जनमा समय खर्चिएला।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आफन्तको सहयोग सामान्य मिल्नेछ। पारिवारिक दायित्व बढ्नेछ। आर्थिक क्षेत्रमा अप्ठेरो पर्नेछ। मानसिक असन्तुष्टि बढ्नेछ। राजनीतिक घातप्रतिघातको सामना गर्नुपर्ला। मित्रमा मनोमालिन्यता बढ्नेछ। अध्ययनमा सफलता प्राप्तिको योग देखिन्छ। आध्यात्मिक कार्यमा खर्च बढ्नेछ। घर घडेरी किनबेचको योग देखिन्छ। पारिवारिक सुख प्राप्ति हुनेछ। राज्यबाट मान सम्मान पाउने योग छ।

कन्या राशि :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

वैदेशिक कार्यमा सफलता मिल्नेछ। न्यायिक क्षेत्रमा अल्झिएका कामहरु सुचारु ह्ुनेछन्। आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ। आध्यात्मिक यात्राको योग रहेको छ। स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। मानसिक खित्रताले सताउनेछ। सामाजिक दायित्वबाट विमुख हुने योग देखिन्छ।

तुला राशि :रा,री,रु,रे,रो,ता,ती,तु,ते

धार्मिक यात्राको योग रहेको छ। कला साहित्य सृजनातर्फ मन लाग्नेछ। आय आर्जनको क्षेत्र सबल रहने छ। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्ने देखिन्छ। उद्योग कल कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ। सन्तान सुख र आफन्तको सहयोगको मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। बौद्धिक विचारको आदानप्रदान होला।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

प्रेमी प्रेमिकाबीच सुमधूर सम्बन्ध कायम हुनेछ। स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ। कला साहित्य संगीतमा रुचि बढ्नेछ। वैदेशिक यात्राको योग देखिन्छ। धर्मकर्ममा रुचि बढ्ने छ। सामाजिक क्षेत्रमा लगानी बढ्नेछ। मानसिक थकान भने प्रसस्त देखिन्छ। मान्यजन तथा आफन्तको सहयोग प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्ने देखिन्छ। शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। विलासिताका सामग्री किचबेचको योग देखिन्छ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

धार्मिक कार्यमा सहभागिताको अवसर प्राप्त हुनेछ। राजनीतिक असमझदारीका कारण मानसिक पीडा बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आफन्तजनसँग भेट गर्ने अवसर जुट्नेछ। विलासितामा खर्च बढ्न सक्छ। रोकिएको कामहरु सुचारु हुनेछन्। कुल कुटुम्बको सहयोग पाउनुहुनेछ। मानसिक चञ्चलता र द्विविधा बढ्न सक्छ। प्राविधिक कार्यमा मन लाग्नेछ। खोज अनुसन्धानात्मक कार्यबाट अपेक्षित लाभ मिल्नेछ।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

कला साहित्य मनोरञ्जन तर्फ प्रगति हुनेछ। शैक्षिक क्षेत्रमा प्रशस्त अवसर हुनेछ। सामाजिक क्षेत्रमा पनि सफलता हात लाग्नेछ। लामो र रमाइलो यात्राको योग रहेको छ। आफन्तजनबाट प्रशस्त सहयोग मिल्ने देखिन्छ। व्यापार व्यवसायमा आंशिक लाभ प्राप्त होला। तरल पदार्थको किनबेचको योग देखिन्छ। कला साहित्य संगीतप्रति विशेष चासो बढ्नेछ। आकस्मिक धमप्राप्ति होला।

कुम्भ राशि :गु,गे,गो,सा,सी,सु,से,सो,द

आय आर्जनमा सन्तुष्टि मिल्नेछ। व्यावसायिक कार्यमा लाभ प्राप्त हुनेछ। प्रेमीप्रेमिकाबीच तनावको अन्त्य हुनेछ। मान्यजनबाट सहयोगको प्राप्त होला। धर्मकर्ममा रुचि बढ्नेछ। शैक्षिक कार्यमा लगानीको योग देखिन्छ। सभा सम्मेलनमा तपाईंको सहभागिता बढ्नेछ। राजनीतिक अन्योलताले निराश बनाउनेछ। न्यायिक कार्यबाट सफलता मिल्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउला। सामाजिक कार्यप्रति लगाव बढ्नेछ। धार्मिक यात्राको योग देखिन्छ।

मीन राशि : दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

शैक्षिक क्षेत्रमा लगानी गर्ने योग रहेको छ। नयाँ योजनाहरु बन्नेछन्। राजनीतिक वादविवादका कारण मानसिक खिन्नता बढ्ने देखिन्छ। कूटनीतिक प्रयासहरु सफल हुनेछन्। सामाजिक क्षेत्रमा मान सम्मान प्राप्तिको योग छ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। आध्यात्मिक कार्यमा सफलता मिल्नेछ। गरेका कार्यबाट सन्तुष्टि प्राप्त हुनेछ। आफन्तको सहयोगमा नयाँ कार्यको थालनी गर्ने अवसर बन्नेछ। अध्ययन अध्यापनकार्य सफल रहनेछन्

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *