युरो कप खेलअघि ह्याम्बर्ग प्रहरीले किन गोली चलायो ?

डिसी नेपाल
३ असार २०८१ १२:०८

काठमाडौं । जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको छ ।

ह्याम्बर्ग प्रहरीले एउटा ठूलो अपरेशनको क्रममा बञ्चरोले आक्रमण गर्ने धम्की दिने एक व्यक्तिलाई गोली हानेर गम्भीर घाइते भएको जनाएको छ।

उक्त व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । ह्याम्बर्ग प्रहरीले नेदरल्यान्ड्स र पोल्याण्डबीच हुने युरो कपको खेलअघि यो अभियान सुरु गरेको हो ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै उक्त व्यक्तिले प्रहरी अधिकारीलाई लगातार बञ्चरो प्रहार गर्ने धम्की दिइरहेको बताएको छ ।

यो घटना भएको ठाउँबाट युरो कप खेल हुने मैदान करिब ८ किलोमिटर टाढा रहेको छ ।

नेदरल्याण्ड र पोल्याण्डका करिब ३० देखि ३० हजार फ्यानहरू खेलका क्रममा मैदानमा पुग्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *