युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि रुससँग शान्ति वार्ताको लागि शर्त राखे
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेना युक्रेनको क्षेत्रबाट बाहिरिएमा भोलि शान्ति वार्ताका लागि आफू तयार रहेको बताएका छन् ।
“पुटिनले युद्ध अन्त्य गर्दैनन् र उनलाई रोक्नु पर्छ, चाहे सैन्य कारबाही वा कूटनीतिक माध्यमबाट,” जेलेन्स्कीले स्विजरल्याण्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनको अन्त्यमा भने।
यसअघि इटाली र जर्मनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि राखेका शर्त अस्वीकार गरेका थिए ।
पुटिनले युक्रेनमा युद्ध रोक्न दुईवटा शर्त राखेका थिए । पहिलो, युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। दोस्रो, युक्रेन नेटोमा सामेल हुने छैन।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो ‘तानाशाहको शान्ति’ भएको बताएका छन् ।
Facebook Comment