भारत सरकारको योजनामा अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयासका आरोपीलाई अमेरिका सुपुर्दगी

डिसी नेपाल
३ असार २०८१ १३:२२

काठमाडौं । खलिस्तान समर्थक नेता गुरपतवन्त सिंह पन्नुको हत्याको षड्यन्त्रमा संलग्न भएको आरोपको सामना गरिरहेका भारतीय नागरिक निखिल गुप्तालाई चेक रिपब्लिकबाट अमेरिका सुपुर्दगी गरिएको छ । मिडिया रिपोर्टमा यो कुरा बाहिर आएको हो ।

५२ वर्षीय गुप्ता अमेरिकी सरकारको अनुरोधमा गत वर्ष चेक रिपब्लिकमा पक्राउ परेका थिए । उनलाई सोमबार न्यूयोर्कको संघीय अदालतमा पेश गरिने बताइएको छ ।

गुप्तालाई हाल ब्रुकलिनको फेडरल मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ, जहाँ उनी कैदीको रूपमा सूचीबद्ध छन्। उनको सुपुर्दगीको खबर सबैभन्दा पहिले अमेरिकी पत्रिका वासिङ्टन पोस्टले दिएको थियो ।

पत्रिकाले लेखेको थियो- चेक रिपब्लिकमा हिरासतमा रहेका गुप्तालाई न्यूयोर्क ल्याइएको छ, यस विषयमा परिचित एक व्यक्तिले नाम न छाप्ने सर्तमा यो जानकारी दिएका छन् ।” सामान्यतया सुपुर्दगी गरिएका अभियुक्तहरू देश आइपुगेको एक दिनभित्र अदालतमा हाजिर हुनुपर्नेछ।

अभियोजकहरूले आरोप लगाएका छन् कि गुप्ताले अमेरिकामा रहेका खालिस्तानी नेता पन्नुको हत्या गर्न एक व्यक्तिलाई सम्झौता गरे र उनलाई १५ हजार डलर अग्रिम पनि दिए। यसमा भारत सरकारका एक अधिकारीको संलग्नता रहेको दाबी पनि गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *