बाग्लुङ्ग समाज पोर्चुगलद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
लिस्बोन । बाग्लुङ्ग समाज, पोर्चुगलको पहलमा सङ्कलित २ लाख ९३ हजार २ सय ८० रुपैयाँ (२४०० यूरो) बाग्लुङ्ग जिल्लाका बिरामीहरुलाई हस्तान्तरण गरिएको छ।
बाग्लुङ्ग जिल्लाको बडिगाड गाउपालिका वार्ड नम्वर १० निवासी क्यान्सर पीडित दल बहादुर बुढा मगर, गल्कोट नगरपालिका नरेठाटी निवासी मृगौला पीडित गम प्रसाद श्रीस र बाग्लुङ्ग नगरपालिका तित्याङ्ग निवासी क्यान्सर पीडित सपना खड्का खत्री गरि तीन जना बिरामीलाई क्रमश : ९७ हजार ७ सय ६० का दरले बराबर उपचारका लागि उक्त रकम हस्तान्तरण गरिएको छ।
गैर आवासीय नेपाली संघ पूर्व आइसीसी सदस्य तथा बाग्लुङ्ग समाज, पोर्चुगलका सल्लाहकार सुर्य हमालको टोलीमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो। प्रवासमा अथवा आफ्नो जिल्लामा भैपरी आउने बिबिध समस्याहरुमा बाग्लुङ्ग समाज पोर्चुगलले सहयोग गर्दै आइरहेको छ।
समाजद्वारा आब्हान गरिएको उक्त सहयोग रकम संकलन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई बाग्लुङ्ग समाज, पोर्चुगलको तर्फबाट अध्यक्ष प्रेम खड्काले सबै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्।
Facebook Comment