सहकारीसम्बन्धी संसदीय छानबिन समिति कानुनी परामर्शमा

काठमाडौं। सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानविनका क्रममा आइपर्ने कानूनी लगायत विविध पक्षहरुमा सरोकारवाला निकायसँग छलफल गरेको छ।
संसद भवन बानेश्वरमा बुधबार बसेको समिति बैठकले कानून मन्त्रालय र कानून आयोगका सचिवसहितका पदाधिकारसँग छानबिनका क्रममा आइपर्ने कानूनी लगाएत विविध पक्षहरुमा छलफल गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए।
समितिको कार्यादेशसँग सम्बन्धित विषयहरुमा कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतमा उठेका प्रश्नलाई हल गर्ने प्रयास समेत भएको थापाले बताए। उनले छानबिन, कारबाही सिफारिस लगायतका व्यवस्थामा विद्यमान संवैधानिक अवस्था र यसअघिको अभ्यासका बारेमा स्पष्टता भएको धारणा राखे।
उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमाल चन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुङ्गानासँग छलफल भएको बताए।
समिति पछिल्ला दिनमा लगातार बैठक बसेर आफ्नो काम अगाडी बढिरहेको छ। यस अघि समस्याग्रस्त सहकारीबाट प्रतिवेदन मगाउने काम गरिसकेको आयोगले आफ्नो कार्यविधि पारित गरेर अगाडी बढेको छ।
थापाले अर्को बैठक असार १० गते बस्ने र समस्याग्रस्त सहकारीका प्रतिवेदनमा अध्ययन हुने जानकारी दिए।
Facebook Comment