मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा

डिसी नेपाल
७ असार २०८१ ९:३४

काठमाडौं। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखिएको थियो ।

यसअघि भएको लोकसभा चुनावका लागि उनले २१ दिनको जमानत पाएका थिए । चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी फेरि जेल गएका थिए । अहिले फेरि उनले जमानत पाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *