उत्तर कोरियापछि पुटिन भियतनाम पुग्दा अमेरिकाद्वारा आलोचना

डिसी नेपाल
७ असार २०८१ १४:०१

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनामको औपचारिक भ्रमणका क्रममा दुवै देशका नेताहरुले सहयोग अभिवृद्धिमा जोड दिएका छन् ।

पुटिन राजकीय भ्रमणमा हनोई पुगेका हुन् । यस भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु हो।

भियतनामी राष्ट्रपति तो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताएका छन् ।

यसैबीच राष्ट्रपति पुटिनले महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको बताए ।

उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो ।

बीबीसी संवाददाताका अनुसार भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरिया भन्दा बढी महत्त्वपूर्ण छ किनभने भियतनाम हालैका वर्षहरूमा अमेरिकासँग नजिक भएको छ।

पुटिनको हनोई भ्रमणको अमेरिकाले आलोचना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *