संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवासमा छलफल

डिसी नेपाल
९ असार २०८१ ९:४८

काठमाडौं। संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका छन्।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेका छन्।

सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन्।

आफ्ना विभिन्न माग राखेर संसद सचिवालयका कर्मचारीहरुले केहि दिन देखि आन्दोलन गरिरहेका छन्। उनीहरुको आन्दोलनका कारण संसद्को बैठक समेत प्रभावित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *