कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको दाबी गरिएको रिटमा आजदेखि निरन्तर सुनुवाइ

डिसी नेपाल
९ असार २०८१ १२:०२

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको दाबी गर्दै यसविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । यसअघि यो रिट प्रारम्भिक सुनुवाइपछि हेर्दाहेर्दैमा रहेको थियो ।

३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले यो रिटलाई हेर्दाहेर्दैमा राखेको थियो । आज पनि यो रिटमाथि उनै तीन न्यायाधीशको पूर्ण इजलासमै सुनुवाइ हुनेछ ।

कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता तथा यसअघिका मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको रिट निवेदकका तर्फबाट कानुन व्यवसायीले बहस सक्नै बाँकी छ । निवेदकका वकिलको बहस सकिएपछि विपक्षीका वकिलहरूको बहस सुरु हुने हुँदा आज रिटको सुनुवाइ सकिने सम्भावना अत्यन्तै न्यून छ ।

यसअघि एकल इजलास, संयुक्त इजलास हुँदै यो रिट पूर्ण इजलासमा पुगेको हो । एकल र संगुक्त इजलासले थप संवेधानिक जटिलता भएको कारण देखाउँदै यो रिटलाई पूर्ण इजलासमा पठाएका हुन् । संवैधानिक निरुपण गर्नुपर्ने भएकोले यो रिट संवेधानिक इजलासमा पठाइने सम्भावना पनि छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *