पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइका ब्रिगेडियर आमिर हम्जाको पाकिस्तानमै हत्या
काठमाडौं । पाकिस्तानी सेनाका रिटायर्ड ब्रिगेडियर आमिर हम्जालाई गोप्य बन्दुकधारीले गोली हानेर हत्या गरेका छन् । उनी आफ्नो कारमा परिवारसँग पञ्जाब राज्यको झेलम जिल्ला जाँदै थिए।
दुईवटा मोटरसाइकलमा आएका चार अपरिचित बन्दुकधारीले लिलाह इन्टरचेन्ज नजिकै उनको कारलाई घेरेर अन्धाधुन्ध गोली चलाउन थाले । अवकाशप्राप्त ब्रिगेडियरको घटनास्थलमै मृत्यु भएको थियो । उनकी श्रीमती र छोरी घाइते भएका छन् ।
आमिर हम्जा मारिएको विश्वास गरेपछि शार्प शूटरहरू त्यहाँबाट गएका थिए। पञ्जाब राज्य प्रहरीले यसलाई लक्षित हत्याको संज्ञा दिएको छ । सेवानिवृत्त ब्रिगेडियर आमिर हम्जा आइएसआइका खतरनाक जासूस थिए।
आमिर हम्जालाई भारतले २६/११ मुम्बई हमलाको आरोप लगाउँदै मोस्ट वान्टेड घोषणा गरेको थियो। सन् २०१२ मा अमेरिकाले उनलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो । उनी पाकिस्तानको पञ्जाब प्रान्तको गुजरनवालाका बासिन्दा थिए।
पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्यूनले आमिर हम्जाका भाइ मोहम्मद अयुबलाई उद्धृत गर्दै बन्दुकधारीहरूले कुनै लुटपाट नगरेको लेखेको छ। आमिर हमजाको कसैसँग दुश्मनी थिएन । यस्तो अवस्थामा उनलाई कसैले किन मार्यो भनेर उनका परिवारका सदस्य पनि अचम्ममा परेका छन् ।
Facebook Comment