रुसविरुद्ध युक्रेनलाई हतियार दिने विषयमा दक्षिण कोरियाले सकारात्मक
काठमाडौं । दक्षिण कोरियाका एक उच्च अधिकारीले दक्षिण कोरियाले युक्रेनलाई हतियार दिनेबारे विचार गर्न सक्ने बताएका छन् ।
यसअघि पनि दक्षिण कोरियाले रुसले उत्तर कोरियालाई हतियार दिने योजना अघि बढाए युक्रेनलाई हतियार दिनेबारे विचार गर्ने धम्की दिएको थियो ।
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो-जिनले दक्षिण कोरियाको निर्णय रुसले के गर्छ त्यसमा भर पर्ने बताएका छन् ।
शुक्रबार दक्षिण कोरियाले रुसका राजदूतलाई बोलाएर उत्तर कोरियासँगको नयाँ रक्षा सम्झौताको विरोध गरेको थियो ।
सम्झौताका सर्तहरू अनुसार रुस र उत्तर कोरियाले कुनै एक देशले आक्रमण गरेमा एकअर्काको सुरक्षामा आउन सहमत भएका छन्।
दक्षिण कोरिया हतियार र गोलाबारुदको ठूलो उत्पादक पनि हो। यसले युक्रेनलाई युद्धको समयमा सहयोग गर्न धेरै उपकरणहरू उपलब्ध गराएको छ।
तर, दक्षिण कोरियाले अहिलेसम्म युक्रेनलाई कुनै पनि घातक हतियार हस्तान्तरण गरेको छैन । दक्षिण कोरियाले युद्धमा संलग्न कुनै पनि देशलाई हतियार नदिने नीति अवलम्बन गरेको छ ।
Facebook Comment