१९ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
![१९ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा](https://www.dcnepal.com/wp-content/uploads/2024/01/Sarbajanik-Kharid-Anugaman-Karyalaya-hita.jpg)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि २ वर्ष सम्मका लागि कालोसूचीमा राखेको हो ।
साथै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment