विश्वकप फाइनलमा नयाँ टिम पुग्ने निश्चित, च्याम्पियन पनि नयाँ बन्ने सम्भावना

डिसी नेपाल
११ असार २०८१ १२:०२

काठमाडौं । टी–२० विश्वकपमा समूह सुपर ८ का खेलहरु सकिएसँगै यस पटक नयाँ टिक फाइनलमा पुग्ने निश्चित भएको छ । यससँगै यस पटक नयाँ विश्व च्याम्पियन बन्न सक्ने सम्भावना पनि देखिएको छ ।

विश्वकपमा अफ सेमिफाइनल र फाइनल खेल मात्र बाँकी छन् । सेमिफाइनलमा पहिलो खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने भएको छ भने दोस्रो खेल भारत र इङल्याण्डबीच हुनेछ । पहिलो सेमिफाइनलबाट दक्षिण अफ्रिका र अफगानिस्तानमध्ये एउटा टिम फाइनल पुग्नेछ । र, यी दुईमध्ये जुन टिम फाइनल पुगे पनि त्यो उसको पहिलो फाइनल यात्रा हुनेछ ।

यी दुवै टोली अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न सकेका छैनन् । २०१८ मा मात्रै टेस्ट मान्यता पाएको र तुलनात्मक रुपमा कमजोर मानिएको अफगानिस्तानको यसपटक विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन हो र अफगानिस्तान कुनै पनि फर्म्याटको क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको यो नै पहिलो पटक हो ।

दक्षिण अफ्रिका भने तुलनात्मक रुपमा बलियो मानिएको टिम भए पनि विश्वकपमा उसको पछाडि ‘अभागी टिम’को ट्याग जोडिन्छ । पटक पटक विश्वकपको सेमिफाइनलमा पुगेर पनि दक्षिण अफ्रिका फाइनल पुग्न सकेको छैन । कैयौं पटक उसको फाइनल पुग्ने सपना वर्षाले तुहाइदिएको छ ।

दक्षिण अफ्रिका टी–२० सँगै एकदिवसीय विश्वकपको समेत फाइनल पुग्न सकेको छैन । दक्षिण अफ्रिका यसअघि २००९ र २०१४ मा पनि टी–२० विश्वकपको सेमिफाइनल पुगेको थियो । दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै पनि टिमलाई हराउन नसकेको इतिहास छैन । उसले यसअघि विश्वकप जितेका प्रत्येक देशलाई विभिन्न समयमा पराजित गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *