युक्रेन युद्ध : रुसले अमेरिकालाई परिणाम भोग्ने चेतावनी किन दियो ?
काठमाडौं । रुसले युक्रेनको सेभास्टोपोलमा भएको मिसाइल आक्रमणको लागि अमेरिकालाई दोष दिएको छ । रुसले अमेरिकालाई यसको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।
क्रिमियामा युक्रेनले प्रहार गरेको क्षेप्यास्त्रबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । यस हमलामा १५० जना घाइते भएका छन् ।
रुसको रक्षा मन्त्रालयले युक्रेनले अमेरिकाबाट यी क्षेप्यास्त्र ल्याएको र ती क्षेप्यास्त्र अमेरिकाले नै बनाएको बताएको छ ।
राष्ट्रपति भवनका प्रवक्ताले आक्रमणलाई असभ्य भन्दै रुसी बालबालिकाको हत्यामा अमेरिकालाई जिम्मेवार ठहर्याएका छन् ।
रुसी राष्ट्रपति पुटिनले भर्खरै युक्रेनलाई हतियार उपलब्ध गराउने देशलाई निशाना बनाउने कुरा गरेका थिए ।
हालै अमेरिकालगायत धेरै पश्चिमी देशहरूले युक्रेनलाई रुसी सीमाभित्र आफ्ना हतियार प्रयोग गर्न अनुमति दिएका छन् ।
रुस र युक्रेनबीच विगत साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।
Facebook Comment