डेभिड वार्नरको सन्यास

डिसी नेपाल
१२ असार २०८१ १०:०७

काठमाडौं। अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन्। जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन्। साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन्।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए। उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० डेभ्यू गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी-२० लिग भने खेल्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *