नेपाल र भारतका अगुवाहरुको अन्तरक्रिया सम्पन्न

पर्सा। नेपाल भारत खुला सिमा सम्वाद समुह, पर्साको आयोजना र डा.राजिव झाको अध्यक्षतामा ‘खुला सीमा-सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न भएको छ। कार्यक्रममा दुबै देशका अगुवाहरुको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघि देखि नै दुई देशका जनता बीच सम्बन्ध कायम थियो। नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानूनले मात्रै चल्न नसक्ने जनाउँदै यहाँ बहुआयामिक सम्बन्ध रहेको सहभागीहरुले बताएका थिए। खुला सिमा अवसर हो दुवै देशको लागि र यहाँका जनता रक्षक भएको वक्ताहरुको भनाइ थियो।
कार्यक्रममा भारतका समाजसेवी महेश अग्रवाल , चन्द्रकिशोर, प्रदेश सदस्य श्याम पटेल, डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र , शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्द्य, भारतीय महावाणिज्यदूतावासका शशि भुषण जि, अनिरुद सिंह कल्वार लगायत समाजका अगुवा, बुद्धिजीवी , प्राध्यापक , अधिवक्ता , पत्रकार, राजनीतिकर्मीको विषेश उपस्थिति रहेको थियो।
Facebook Comment