भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
काठमाडौं। भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाइ ध्वनि मतबाट सभामुख चुनिएको हो ।
बिरला दोस्रो पटक सभामुख बनेका छन्। यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए।
सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो। सहमति नबनेपछि विपक्षी दलले के सुरेशलाई सभामुखको उम्मेदवार बनाएको थियो।
बिरला सभामुख पदका लागि निर्वाचित भएपछि उनलाई प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बधाई दिएका छन्।
भारतको लोकसभामा ५४३ सिटमा अहिले एनडीए गठबन्धनको पक्षमा २९३ मतका साथ बहुमतमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment