अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पूर्व रुसी प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

डिसी नेपाल
१२ असार २०८१ १६:३७

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्व रुसी प्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।

दुवैलाई नागरिक पूर्वाधार र बिजुली नेटवर्कमा मिसाइल आक्रमणको आदेश दिएको आरोप छ। रुस अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन। उसले यो घोषणालाई अस्वीकार गर्दै यसको कुनै महत्व नभएको बताएको छ ।

तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन् – अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेकोले रुसी अपराधीहरू दण्डित हुने निश्चित छ भनेर देखाउँछ।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पनि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *