एसियाड फुटबलमा नेपालको दोस्रो हार, भियतानमसँग २-० ले पराजित

डिसी नेपाल
३१ साउन २०७५ १४:२०

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल बिहिबार भियतनामसँग २-० ले पराजित भएको हो । नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १-० ले पराजित भएको थियो।

इन्डोनेसियाको विभाहा मुक्ति स्टेडियममा भएको खेलमा नेपाल खेलको ३४ औं मिनेटमा पछि परेको थियो । भियतनामविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले भियतनामका सम्भावित गोललाई बचाएका थिए । नेपालले पनि भियतनामविरुद्ध गोलका केही मौकालाई सदुपयोग गर्न सकेन । सुमन लामा, कमल श्रेष्ठ र ८८ औं मिनेटमा रोहित चन्दको प्रहारले गोलको दिशा लिन सकेन।

नेपालमाथिको जितसँगै भियतनाम एक खेल अगावै एसियाड फुटबलको प्रि-क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । आजै भएको खेलमा जापानले पाकिस्तानलाई ४-० ले पराजित गर्दै प्रि-क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । अब समूह चरणको अन्तिम खेलमा जापान र भियतनाम तथा नेपाल र पाकिस्तानबीच खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *